हिजो टि. भी मा च्यानल फेर्दै जाँदा यही कार्यक्रम आइरहेको थियो। कस्तो हुँदोरहेछ भनेर हेर्न बसें र संयोगले सहभागी पनि नेपाली नै रहेछ।
स्रोत: Youtube
कार्यक्रम हेर्न त रमाइलो नै हुँदोरहेछ, तर बेला बेलामा सोधिने प्रश्न भने सहभागी र उपस्थित सहभागीको परिवारलाई अलि अप्ठ्यारो स्थितिमा पारिदिने रहेछ।
अब झुट कसरी पत्ता लगाँउछन् त?
यो भने Polygraph (Lie Detector Test)मेसिनले चेक गर्दो रहेछ। Polygraph मेसिनले कसरी काम गर्छ, हेर्नुको लागि यहाँ क्लिक गर्नुहोस्।
यो reality show जितेमा १ करोड रकम इनाम पाउने भएपनि म भने यो कार्यक्रममा सहभागी भने हुने थिएन। मेरो बिचारमा हेर्नलाई मज्जा आएपनि आफ्नो निजी कुरा र धारणा यसरी संसार अगाडि राख्नु भने मलाई उचित लागेन है।
के अवसर मिल्यो भने, तपाईं यस्तो कार्यक्रममा भाग लिनुहुन्छ?




